गृहपृष्ठ भिमाद नगरपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग

भिमाद नगरपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग

भिमाद नगरपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग

तनहुँ । भिमाद नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको कोषबाट पाँच लाख, जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबाट आठ लाख ८० हजार, शिक्षक र कर्मचारीको तलबबाट छ लाख तथा भ्रमण कार्यक्रमको बजेट बाट २० हजार सहयोग गर्ने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

रसुवामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख सुवेदीले विपद्को घडीमा भिमाद नगरपालिका पीडितको साथमा रहेको बताए ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु