गृहपृष्ठ कतार सरकारद्वारा नेपाललाई राहत सहयोग

कतार सरकारद्वारा नेपाललाई राहत सहयोग

कतार सरकारद्वारा नेपाललाई राहत सहयोग बाढीले क्षति पुर्‍ययाएको नुवाकोटको त्रिशूली बजार त्रिशूली (नुवाकोट),१३ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले क्षतिग्रस्त भएको नुवाकोटको त्रिशूली बजार। नदीमा आएको बाढीले बस्तीका संरचनामा ठूलो क्षति पुर्‍याएपछि बजार क्षेत्र बगरमा परिणत भएको छ। तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीसँगै विपद्मा परेकाको उद्धार तथा राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ ।

बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्कीय राहतजन्य सामग्री लिई आएको कतार एअरको जहाज आज अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो अवसरमा नेपालका लागि कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए ।

नेपालस्थित कतारी दूतावासका अनुसार भोटेकोशी –त्रिशूली बाढीका कारण ठूलो धनजनको क्षतिसहित दुःखमा रहेको नेपाललाई सान्त्वनासहित अत्यावश्यक राहत सामग्री पठाइएको हो ।

रसुवा बाढीपछि नौ सयभन्दा बढीको शव फेला परेको, सयौँ व्यक्ति घाइते भएको, करिब पाँच हजार मानिस बेपत्ता भएको र नदी तटीय क्षेत्रका बासिन्दाको बासस्थानसहित जग्गा जमिन बगरमा परिणत भएको यस विषम अवस्थामा मित्रराष्ट्र कतारका तर्फबाट नेपाललाई अत्यावश्यक सहयोग प्राप्त भएको हो ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु