गृहपृष्ठ रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

रसुवा । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको दुःखद खबर सार्वजनिक भएको छ ।

रसुवामा आएको बाढीले ठुलो जनधनको क्षति पु-याउनुका साथै धेरै मानिसलाई बेपत्ता बनाएको छ । बाढीले बगाएका शव नदीको बहावसँगै भारततर्फ पुग्न थालेपछि घटनाले थप पीडादायी रूप लिएको छ ।

प्रकृतिको यो निर्मम प्रहारले कैयौँ परिवारको खुसी उजाडिएको छ भने आफन्तको खोजीमा रहेका परिवारहरू अझै पनि आशा र पीडाको बिचमा छन् । बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु