गृहपृष्ठ सुनको मूल्य तोलामा २४ सयले घट्यो, चाँदी कतिमा हुँदैछ कारोबार
सुनको मूल्य तोलामा २४ सयले घट्यो, चाँदी कतिमा हुँदैछ कारोबार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य भने यथावत रहेको छ। महासंघका अनुसार चाँदी आज पनि अघिल्लो दिनकै मूल्य अर्थात् प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित समय : ११:१६ बजे
















