गृहपृष्ठ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम सहयोग गरेको हो। बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले विपद्का बेला बैंकले गरेको सहयोगप्रति नेपाल बैंक परिवारलाई धन्यवाद दिएका थिए।

सञ्चालक समितिका सदस्य लम्सालले नेपाल बैंकले दैवी तथा प्राकृतिक प्रकोप, भूकम्प तथा महामारीलगायत राष्ट्रिय विपद्का समयमा आर्थिक सहयोग गर्दै आएको बताए। त्यसैको निरन्तरतास्वरूप रसुवा र नुवाकोटका बाढीपीडितका लागि सहयोग गरिएको र आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।

बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहाललगायतको उपस्थिति थियो।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु