गृहपृष्ठ भोटेकोशी बाढीपीडितका लागि एनआईसी एशियाको २ करोड २१ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एनआईसी एशियाको २ करोड २१ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एनआईसी एशियाको २ करोड २१ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एनआईसी एशिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ र सञ्चालक तथा कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रूपमा बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सहयोग गरिएको बैंकले जनाएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र सकुशल उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु