गृहपृष्ठ सानिमा बैंकको १० प्रतिशत नगद लाभांश घोषणा
सानिमा बैंकको १० प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट हाल कायम साधारण शेयर पुँजीको १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको साधारण शेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ छ । प्रस्तावित लाभांशअनुसार साधारण शेयरधनीले कुल १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश पाउनेछन् ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि शेयरधनीले लाभांश पाउनेछन् ।
प्रकाशित समय : ११:०२ बजे

















