गृहपृष्ठ विपद्का बेला सहयोगको हात : विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने
विपद्का बेला सहयोगको हात : विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने
काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीले आइएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउन सक्ने भएका छन्।
आइएमईका अनुसार विदेशबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको हो। यसबाट विदेशमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक व्यक्तिले सहज रूपमा नेपालमा रकम पठाउन सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै, नेपालभित्रबाट पनि ‘खल्ती बाइ आइएमई’मार्फत सरकारी राहत कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
आइएमईले प्राकृतिक विपद्को यस संवेदनशील समयमा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न सबैलाई आग्रह गरेको छ। प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारलाई हरसम्भव सहयोग गर्न कम्पनीले अपिल गरेको हो।
यसैबीच, रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति आइएमई ग्रुपले दुःख व्यक्त गरेको छ। बाढीबाट प्रभावित परिवारप्रति सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गर्दै कम्पनीले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
प्रकाशित समय : ११:१४ बजे


















