गृहपृष्ठ बुद्ध एयरको आग्रह : सहज भाडादरसँगै अतिरिक्त ३०० रुपैयाँ छुट, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क

बुद्ध एयरको आग्रह : सहज भाडादरसँगै अतिरिक्त ३०० रुपैयाँ छुट, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क

बुद्ध एयरको आग्रह : सहज भाडादरसँगै अतिरिक्त ३०० रुपैयाँ छुट, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क

काठमाडौं । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।

कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट उपलब्ध गराउने तथा राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था गरेको बताएको छ ।

कम्पनीले जारी गरेको सूचनामा भदौ १० गते भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोबाट भएको जनधनको अपूरणीय क्षतिप्रति आफूहरू सुरुदेखि नै गम्भीर रहेको उल्लेख गरेको छ ।

बुद्ध एयरले यात्रुहरूलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर खोज्न अनुरोध गरेको छ । कम्पनीका अनुसार वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज एवं सुलभ भाडादर उपलब्ध छ ।

कम्पनीले हिजोदेखि भैरहवा, पोखरा तथा भरतपुरका लागि नियमित अतिरिक्त उडानसमेत सञ्चालन गर्दै आएको जनाएको छ । वेबसाइट वा मोबाइल एपबाट टिकट खरिद गर्दा यात्रुले थप ३०० रुपैयाँ छुट पाउनेछन् ।

त्यस्तै, राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि गृहमन्त्रालयको निर्णयअनुसार निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ । बाटोघाटो सहज नभएसम्म हालकै भाडादर कायम रहने पनि सूचनामा उल्लेख छ ।

बुद्ध एयरले वर्तमान विषम परिस्थितिमा जस्तोसुकै व्यावसायिक चुनौती आए पनि यात्रुहरूलाई सहज एवं सुलभ भाडादर उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनीले कतैबाट अत्यधिक महँगो टिकट बिक्री भइरहेको जानकारी प्राप्त भएमा आफूलाई सूचित गर्नसमेत यात्रुहरूसँग आग्रह गरेको छ । त्यस्ता गतिविधिविरुद्ध नियमानुसार आवश्यक तथा कडा कदम चालिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु