गृहपृष्ठ बाढीपीडित तथा घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार

बाढीपीडित तथा घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार

बाढीपीडित तथा घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा भीषण बाढीबाट जनधनको क्षति भएपछि नेपाल मेडिकल कलेजले बाढी प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार गर्ने भएको छ।

मित्रराष्ट्र चीनको तिब्बतस्थित भू–भागबाट आएको बाढीका कारण २०८३ भदौ १० गते बिहानदेखि रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको क्षतिप्रति गहिरो संवेदना व्यक्त गर्दै कलेजले विपद्को अवस्थामा प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

प्रभावित नागरिकलाई तत्काल, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कलेजले चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक सेवा, अस्पतालका शय्या, आवश्यक स्वास्थ्य उपकरण तथा अन्य स्रोत–साधनलाई तयारी अवस्थामा राखेको जनाएको छ।

आर्थिक अभावका कारण विपत्तिमा परेका नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आवश्यक स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको कलेजले जनाएको छ।

कलेजले प्राकृतिक विपत्ति तथा आपत्कालीन अवस्थामा नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, संघसंस्था तथा नागरिकसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रभावित नागरिकको जीवनरक्षा तथा स्वास्थ्य उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु