गृहपृष्ठ पाकिस्तान–इरान वार्तामा एमओयु पुनःस्थापनामा प्रगति
पाकिस्तान–इरान वार्तामा एमओयु पुनःस्थापनामा प्रगति
पाकिस्तान र इरानबीचको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले बताए। उनले वार्ताबाट बनेको सकारात्मक वातावरणले क्षेत्रीय तनाव घटाउँदै स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन ।
इरानको एकदिने भ्रमणका क्रममा मन्त्री नकवीले पाकिस्तानी सेनाप्रमुख असीम मुनीरसहित इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेटवार्ता गरेका थिए । भेटमा इरान–अमेरिका द्वन्द्व, मध्यपूर्वमा बढ्दो तनाव र त्यसको समाधानका लागि अघि बढ्न सकिने उपायबारे छलफल भएको उनले जानकारी दिए ।
वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्न दुवै पक्षले चाल्नुपर्ने आवश्यक कदमलाई समेत प्राथमिकताका साथ छलफल गरिएको उनले बताए । एमओयु पुनःस्थापना भएपछि सम्बन्धित विषयमा देखिएका विवादको समग्र समाधान खोज्न सहज हुने उनको भनाइ छ ।
मन्त्री नकवीले दुवै पक्षबीच छलफल भएका विषयमा ‘धेरै रचनात्मक आदानप्रदान’ भएको बताएका छन । उनले पछिल्लो वार्ताबाट प्राप्त सकारात्मक गतिले पाकिस्तान र इरानबीचको सहकार्यलाई थप अघि बढाउनुका साथै क्षेत्रीय शान्ति र स्थायित्वका लागि समेत आधार तयार गर्ने आशा व्यक्त गरेका छन ।
प्रकाशित समय : १७:२२ बजे


















