काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नयाँ नामी बक्स चाँडै आउँदै, नाडा अटो शोमा सार्वजनिक गरिँदै

987
shares

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ।

सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा सार्वजनिक भएको नामी बक्स आकर्षक डिजाइन, विभिन्न रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन तथा आधुनिक सुविधाका कारण छोटो समयमै लोकप्रिय बनेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हालसम्म नेपालका सडकमा २ हजारभन्दा बढी नामी सवारीसाधन सञ्चालनमा छन्। यसले नेपाली विद्युतीय सवारी बजारमा नामीको उपस्थिति बलियो बन्दै गएको देखाएको कम्पनीको दाबी छ।

‘नामी भिगो इ२’ को सफल सार्वजनिकरणपछि नयाँ नामी बक्सलाई थप परिष्कृत डिजाइन र सुविधासहित बजारमा ल्याउन लागिएको हो।

नयाँ नामी बक्सका फिचर, स्पेसिफिकेसन तथा मूल्य नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ नामी बक्सलाई लिएर “नयाँ नामी बक्स आउँदैछ, अब अझ धेरै कुराको प्रतीक्षा गर्नुहोस्” भन्दै ग्राहकलाई उत्साहित बनाएको छ।