गृहपृष्ठ ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन

ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन

ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन

काठमाडौँ । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भू–परिवेष्ठितबाट भू–जडित उडान’ पुस्तक विमोचन गरिएको छ ।

सुदूरपश्चिम सरोकार मञ्च नेपालको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उक्त पुस्तक विमोचन गर्दै नेपालको पर्यटन विकासका लागि सडक, हवाई तथा अन्य यातायात पूर्वाधारसँगै क्षेत्रीय र अन्तरराष्ट्रिय सम्पर्कको नेटवर्क विस्तार गर्न आवश्यक रहेको बताए ।
उनले पर्यटनलाई केबल मनोरञ्जन वा भ्रमणका क्षेत्रका रूपमा मात्र नभई मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री चन्दले नेपालको भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक विविधताले सिर्जना गरेका पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्न पुस्तकले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

पर्यटन बोर्डका निमित्त प्रमुखसमेत रहेका लेखक ऐरले नेपालको पर्यटन विकासलाई गन्तव्यको प्रचारप्रसारमा मात्र सीमित नराखी कनेक्टिभिटी, नेटवर्किङ, नीति, पूर्वाधार, पर्यटन उत्पादन र बजार विस्तारलाई एकीकृत रूपमा अघि बढाउन जरुरी रहेको बताए ।

ऐरले पुस्तकमार्फत नेपालको पर्यटन विकासका सम्भावनालाई क्षेत्रीय तथा अन्तरराष्ट्रिय सञ्जालसँग जोडेर हेर्न खोजिएको बताएका छन् । विशेषगरी उत्तर–दक्षिण करिडोर, नयाँ पर्यटकीय गन्तव्य, पर्यटन उपजमा नवीनता, क्षेत्रीय पर्यटन बजार र पूर्वाधारको विकासलाई नेपालको पर्यटनको दीर्घकालीन विस्तारसँग जोडिएको छ ।

प्रकाशित समय : ०५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु