काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने

1.97K
shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आफ्नै दल भित्र मन्त्री छनौटको विषय पेचिलो बनेपछि मुख्यमन्त्री भट्टले पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने भएका हुन् । यसअघि मंगलबारनै विश्वासको मत लिने तयारी भएपनि एक दिन पछि प्रदेश सभा वैठक आह्वान गरिएको हो ।

मंगलबार (आज) नेकपा संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेश सभा वैठक आह्वान गर्ने तयारी भएको नेकपाका सांसदले बताए । सो विषयमा नेकपा सुदूरपश्चिम संयोजक भानुभक्त जोशी, साविक नागरिक उन्मुक्ति पार्टि अध्यक्ष रञ्जिता श्रेष्ठ र मुख्य मन्त्री भट्टविच पनि छलफल भएको थियो ।

नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन मुख्यमन्त्री भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरे । तर नेकपाबाट मन्त्री बन्नेहरुको टुंगो अझै लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

नेकपामा रहेका साविकका तीन पार्टी (नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी) ले आफनो समुहको सम्मानजनक सहभागिताको दवाव बढाएपछि नेकपाबाट मन्त्रीको टुंगो लाग्न नसकेको हो । नेकपामा साकिको नेपाल कम्युनिष्ट पार्टीमा रहेका दई समुहले पनि अलग अलग माग गरेपछि तीन मन्त्री पद बाफाडमा सकस भएको छ ।

नयाँ सत्ता समीकरणमा नेकपाले मुख्यमन्त्री र तीन मन्त्रालय र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ । नेकपा एमालेका भागमा परेको अर्तमन्त्री, सामाजिक बिकास मन्त्री, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्री नियुक्त भैसकेका छन् ।

तीन वटै साविक घटकहरूको शक्ति सन्तुलन मिलाउन सकस हुदा नेकपाले थप मन्त्रीको नाम टुंग्याउन नसकेको श्रोतले जनाएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख र एक निलम्बन बाहेक ३२ सिट सहित नेकपा सबै भन्दा ठुलो दल छ ।

स्रोतका अनुसार, तत्कालीन नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा आफ्नो ‘सम्मानजनक सहभागिता’ हुनुपर्ने अडान राख्दै शक्तिशाली मन्त्रालयहरूमा कडा दाबी प्रस्तुत गरेका छन् । साविकका तीनै घटकका शीर्ष नेताहरूले मन्त्री पदका लागि बलियो दाबी गरिरहेका छन् ।

विशेषगरी साबिकको नागरिक उन्मुक्ति पार्टीका नेताहरूले आफुहरूको भूमिका र योगदानको उचित मूल्याङ्कन नभए सरकार गठनमै समस्या आउन सक्ने चेतावनी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (साविकको नागरिक उन्मुक्ति पार्टी) का प्रदेश सभा सदस्य घनश्याम चौधरी मुख्यमन्त्रील सबैलाई मिलाएर लैजाने बताएको उल्लेख गर्दै भन्छन् ‘खै कसरी मिलाउनु हुन्छ, त्यो त पछि थाहा होला ।’

लामो समयदेखि बजेट शुन्यताको सामना गरिरहेको सुदूरपश्चिम प्रदेशलाई गति दिन नवनियुक्त मुख्यमन्त्री भट्टलाई जतिसक्दो चाँडो मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने दबाब छ ।