काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

1.79K
shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो  १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो  ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो  ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो  ६०, आलु रातो (लाम्चो) प्रतिकिलो  ५१, आलु रातो (गोलो) प्रतिकिलो ५३, आलु रातो (मुढे) प्रतिकिलो  ५३, आलु रातो (भारतीय) प्रतिकिलो  ४०, आलु सेतो प्रतिकिलो  ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो  ७२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो  १२०, गाजर (तराई) प्रतिकिलो ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो  १००, रातो मूला प्रतिकिलो  ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो  ३०, भन्टा लाम्चो प्रतिकिलो  ४० र भन्टा डल्लो प्रतिकिलो  ६० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो  ९०, मकै बोडी प्रतिकिलो  १२०, घिउ सिमी (लोकल) प्रतिकिलो  ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो  ८०, टाटे सिमी प्रतिकिलो  ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो  ५०, लौका प्रतिकिलो  ६०, परवर (लोकल) प्रतिकिलो  ७०, परवर (तराई) प्रतिकिलो  ७०, चिचिण्डो प्रतिकिलो र३०, घिरौँला प्रतिकिलो  ३०, झिगुनी प्रतिकिलो  ६०, फर्सी पाकेको प्रतिकिलो  ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो  ६०, भिन्डी प्रतिकिलो  ६०, पिँडालु प्रतिकिलो  ९० र स्कुस प्रतिकिलो  ६० कायम भएको छ ।

रायोसाग प्रतिकिलो १५०, पालुङ्गो प्रतिकिलो  २५०, तोरीको साग प्रतिकिलो १००, प्याज (हरियो)  २५०, च्याउ (कन्य) प्रतिकिलो  २८०, च्याउ (डल्ले) प्रतिकिलो  ५५०, राजा च्याउ प्रतिकिलो ३३० र सिताके च्याउ प्रतिकिलो  १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो  ५००, निउरो प्रतिकिलो  १००, ब्रोकाउली प्रतिकिलो  १६०, चुकन्दर प्रतिकेजी  ७०, सजीवन प्रतिकिलो  ३००, रातो बन्दा प्रतिकिलो  ४०, जिरीको साग प्रतिकिलो  ६००, सेलरी प्रतिकिलो  २५०, पार्सले प्रतिकिलो  १५००, सौफको साग प्रतिकिलो  १५०, पुदिना प्रतिकिलो  ५००, गान्टेमूला प्रतिकिलो  १५०, इमली प्रतिकिलो  १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो  १६० र गुन्द्रुक प्रतिकिलो  ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो  ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो २५०, अनार प्रतिकिलो ३५०, आँप (मालदह) प्रतिकिलो  २८०, आँप (चोसा) प्रतिकिलो  २५०, तरबुजा (हरियो) प्रतिकिलो  ६०, जुनार प्रतिकिलो  ३००, भुइँकटहर प्रतिगोटा  २००, काँक्रो (लोकल) प्रतिकिलो  ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो  १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो  ५०, रुख कटहर प्रतिकिलो  ६०, नास्पाती (लोकल) प्रतिकिलो  ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो  ९०, मेवा (भारतीय) प्रतिकिलो  १२०, लप्सी प्रतिकिलो  ६०, किबी प्रतिकिलो  ४००, अमला प्रतिकिलो  २००, एभोकाडो प्रतिकिलो  ५००, नरिवल (काँचो) प्रतिकिलो  ८० र नरिवल (हरियो) प्रतिकिलो  १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो  ५००, अदुवा प्रतिकिलो  २३०, खुर्सानी सुकेको प्रतिकिलो  ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो  ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो  ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो  ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो  ३००, भेडे खुर्सानी प्रतिकिलो  ७०, लसुन हरियो प्रतिकिलो  २५०, हरियो धनियाँ प्रतिकिलो  ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो  २००, छ्यापी सुकेको प्रतिकिलो  २००, छ्यापी (हरियो) प्रतिकिलो  २००, माछा सुकेको प्रतिकिलो  १,०००, ताजा माछा (रहु) प्रतिकिलो  ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो  ३३० र ताजा माछा (छडी) प्रतिकिलो  ३३० निर्धारण भएको छ ।