गृहपृष्ठ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ
प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ
विराटनगर ।कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज एक समारोहबीच कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि भएको सिफारिसअनुसार मन्त्री र राज्य मन्त्री नियुक्त गरिएको हो ।
प्रदेश प्रमुख खापुङ समक्ष खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण, जीवन आचार्यले भौतिक पूर्वाधार, गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनाले सामाजिक तथा सपना दर्जीले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिएको हुन् । यस्तै सपना दर्जी परियारले मुख्यमन्त्री कार्कीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ लिए ।
प्रकाशित समय : १८:५० बजे

















