काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थालाछें नागपोखरीमा नागपूजा

1.26K
shares

भक्तपुर । थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको छ ।

आज नगपञ्चमी हो, सोही कारणले भीड लागेको हो । उक्त पोखरी भक्तपुर नगरपालिका वडा नं १० मा पर्छ । नागपुखु (नागपोखरी) संरक्षण समितिले पूजामा रौनक थप्न मङ्गल र सिलु धुनलगायत भ्वायलिन एवं बाँसुरी, खिँ र गुँला बाजा, भक्ति सङ्गीत र नेवारी खाजा कार्यक्रम सञ्चालन गरेको छ ।

भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर निर्माणका लागि सोही स्थानबाट माटो लगिएको र माटो निकालिएपछि बनेको खाल्डोमा राजा भूपतीन्द्र मल्लले नागको स्थापना गराएर नागपोखरी निर्माण गरेको मन्दिरको शिलालेखमा उल्लेख छ ।