काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

1.51K
shares

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहानदेखि महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको हो । उहाँले बिहान ९ः०० बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १४ हजार क्युसेक पुगेको जानकारी दिए । शारदा ब्यारेजमा भारतीय पक्षले पानीको बहाव एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ ।

त्यसैगरी, जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको जनाएको छ । महाशाखाले महाकाली नदी र कञ्चनपुरका स–साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।