गृहपृष्ठ महिलाको सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
महिलाको सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम आयोजना गरेको छ। नेपाली महिलाका लागि विशेष मानिने श्रावण महिनाको अवसरमा कार्यक्रम श्रावण २३ र २४ गते सञ्चालन गरिएको हो।
शनिबार र आइतबार आयोजित कार्यक्रममा इसेवा प्रयोगकर्ता, सामाजिक सञ्जालमार्फत सहभागी भएका तथा विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीले साथी–सङ्गीसँग श्रावण र तीजको सांस्कृतिक उत्साह साट्दै रमाइलो गर्ने अवसर पाएका थिए।
श्रावण र तीजको परम्पराबाट प्रेरित कार्यक्रममा मेहेन्दी लगाउने, पोलारोइड फोटोबुथमा तस्बिर खिचाउने तथा विभिन्न खेलमा सहभागी भएर आकर्षक पुरस्कार जित्नेलगायतका गतिविधि राखिएका थिए। कार्यक्रमले विभिन्न उमेर समूहका महिलालाई एकै ठाउँमा भेला गराउँदै उत्सवमय वातावरण सिर्जना गरेको इसेवाले जनाएको छ।
कम्पनीका अनुसार ‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाको महिनाभर चल्ने ‘#SheIsTheGreenFlag’ अभियानअन्तर्गत आयोजना गरिएको हो। अभियानले आफू मात्र नभई अरूको आत्मविश्वास बढाउन, लक्ष्य हासिल गर्न प्रेरित गर्न तथा समाजमा सकारात्मक प्रभाव पार्ने महिलाको सम्मान गर्ने उद्देश्य राखेको छ।
इसेवाले महिलालाई हरेक दिन कदर र सम्मान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउन कार्यक्रम आयोजना गरिएको जनाएको छ।
प्रकाशित समय : १७:१९ बजे


















