गृहपृष्ठ लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवाविकास बैंक
लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवाविकास बैंक
काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ ।
बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशतर साधारण शेयरधनीहरुलाई १५ प्रतिशतनगदलाभाशं (कर समेत)घोषणा गरेको हो । उक्तलाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृतीतथाबैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । गतवर्ष बैंकले बोनस शेयर र नगदलाभांश गरी जम्मा १५.७८९५ प्रतिशतलाभाशं वितरण गरेको थियो ।
बैंकको मिति २०८३ साउन २२ गते शुक्रबार दिनको ४ बजे बैंकको केन्द्रीयकार्यालयमा बसेको सञ्चालक समितिको ४१९ औं बैठकले उक्त प्रस्तावपारित भएको बैंककाप्रमुखकार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
प्रकाशित समय : १९:१३ बजे


















