गृहपृष्ठ यस्तो छ तपाईँको आजको राशिफल

यस्तो छ तपाईँको आजको राशिफल

यस्तो छ तपाईँको आजको राशिफल

काठमाडौं( आज २०८३ साउन १९ गते मंगलवार, तद्अनुसार ४ अगष्ट २०२६ । आज साउन कृष्ण षष्ठी, धृति गर रेवती, सूर्योदय बिहानः ०५ः२८ बजे, सूर्यास्त साँझः १८ः ५१ बजे । आजको दिन केही राशिका व्यक्तिका लागि आर्थिक लाभ र करिअरमा प्रगतिको संकेत देखिएको छ भने केही राशिले स्वास्थ्य, खर्च तथा सम्बन्धमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ ।

मेष राशिःस्थायी सम्पत्तिसम्बन्धी कामबाट राम्रो लाभ मिल्ने सम्भावना छ । रोजगारीको खोजीमा रहेका व्यक्तिका प्रयास सफल हुन सक्छन् । आम्दानी बढ्ने र उन्नतिको अवसर प्राप्त हुनेछ । साझेदारको सहयोग समय मै मिल्ने छ भने यात्राको योजना बन्न सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनु होवृष राशिःपार्टी, भेटघाट वा पिकनिकजस्ता रमाइला कार्यक्रम बन्न सक्छन् । स्वादिष्ट भोजनको आनन्द मिल्ने छ । व्यापार तथा व्यवसाय अनुकूल रहने छ भने सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । सेयर बजारमा लाभ हुने संकेत छ । जागिरमा सुविधा बढ्न सक्छ । व्यस्तताका कारण स्वास्थ्यमा लापरवाही नगर्नु होला । आर्थिक लाभ सहज हुनेछ ।

मिथुन राशिःमन खिन्न बनाउने समाचार प्राप्त हुन सक्छ, धैर्यताका साथ परिस्थितिको सामना गर्नु होला । अनावश्यक खर्च बढ्ने सम्भावना छ । खराब संगतबाट टाढा रहनु उचित हुनेछ । आफ्नो काममा बढी ध्यान दिनुपर्ने समय छ । बोलीमा संयम अपनाउनु होला । चिन्ता र तनावले स्वास्थ्य प्रभावित हुन सक्छ । व्यवसाय सामान्य रहने छ । आम्दानी स्थिर रहने छ ।

कर्कट राशिःपुराना साथी अथवा पाहुनाको आगमनले घरमा चहलपहल बढ्ने छ । सम्मान र आत्मविश्वास कायम रहने छ । उत्साहजनक समाचार प्राप्त हुनेछ । परिवारका सदस्यको प्रगतिले खुशी मिल्ने छ । ठूलो काम गर्ने सोच बन्ने छ । अरूको बहकाउमा नलागे लाभ प्राप्त हुनेछ ।

सिंह राशिःघर परिवार र कार्यस्थलमा खुशीको वातावरण रहने छ । जागिरमा सन्तुष्टि मिल्नेछ भने व्यापार पनि राम्रो रहने छ । सन्तानका विषयमा केही चिन्ता रहन सक्छ । प्रतिस्पर्धी अथवा विरोधीबाट सतर्क रहनु आवश्यक छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । यात्राको सम्भावना पनि देखिन्छ ।

कन्या राशिःयात्रा सुखद, मनोरञ्जनपूर्ण र लाभदायी रहने छ । उपहार अथवा सम्मान प्राप्त हुने सम्भावना छ । व्यापारमा अपेक्षाअनुसार लाभ मिल्ने छ । घर र बाहिर दुवैतर्फ सफलता प्राप्त हुनेछ । परिवारमा सुख–शान्ति कायम रहने छ । साथीहरूसँग रमाइलो समय बित्ने छ ।

तुला राशिःस्वास्थ्य कमजोर रहन सक्छ । बनिरहेका काममा अवरोध आउन सक्छ । चिन्ता र मानसिक तनाव बढ्ने सम्भावना छ । जीवनसाथीसँग समझदारी कायम गर्नु आवश्यक छ । अनावश्यक खर्च बढ्न सक्छ । विवाद र खराब संगतबाट टाढा रहनु राम्रो हुनेछ । आम्दानी स्थिर रहने छ । साथीहरूको साथ मिल्ने छ । हतारमा निर्णय नगर्नु होला ।

वृश्चिक राशिःबाँकी रहेको रकम उठाउने प्रयास सफल हुनेछ । यात्राबाट लाभ मिल्ने छ । जागिरमा सन्तुष्टि रहने छ । हतार गर्दा आवश्यक सामान हराउने सम्भावना भएकाले सावधानी अपनाउनु होला । कानुनी विषयमा सतर्क रहनु आवश्यक छ । व्यवसाय सामान्य रूपमा अघि बढ्ने छ । घरमा खुशीको वातावरण रहने छ ।

धनु राशिःनयाँ योजना कार्यान्वयनका लागि आजको दिन उपयुक्त छ । कार्य शैलीमा सुधार आउने छ । सामाजिक क्षेत्रमा सफलता र सम्मान प्राप्त हुनेछ । पारिवारिक सहयोग मिल्ने छ । ठूलो काम गर्ने आत्मविश्वास बढ्ने छ । सफलता प्राप्तिका अवसर बढ्ने छन् । जोखिमपूर्ण काम भने नगर्नु होला

मकर राशिः
अनुभवी तथा प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ । आध्यात्मिक तथा धार्मिक विषयमा रुचि बढ्ने छ । लाभका नयाँ अवसर खुल्ने छन् । चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु होला । कामको चापले थकान महसुस हुन सक्छ । विवादबाट टाढा रहँदा राम्रो हुनेछ । आर्थिक लाभको सम्भावना छ ।

कुम्भ राशिःस्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ । चोटपटक अथवा दुर्घटनाको जोखिम रहन सक्छ । आम्दानीमा केही कमी आउन सक्छ । घर परिवारमा असहयोग अथवा तनावको वातावरण बन्न सक्छ । आफ्ना कुरा अरूलाई बुझाउन कठिन हुन सक्छ । विलासी वस्तुमा खर्च बढ्न सक्छ । जोखिमपूर्ण लगानी नगर्नु होला । शुभ चिन्तकको सहयोग प्राप्त हुनेछ ।

मीन राशि  प्रेम सम्बन्धमा मधुरता बढ्ने छ । वरिष्ठ व्यक्तिको सहयोगले रोकिएका काम अघि बढ्ने छन् । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । व्यवसाय सामान्य रूपमा अघि बढ्ने छ । नयाँ व्यक्तिसँग चिनजान बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । चिन्ता कम हुनेछ । कुनै पनि निर्णय गर्दा हतार नगर्नु होला ।

 

प्रकाशित समय : ०५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु