global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर चार हजार ४७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३८० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु