global ime bank Long Banner Ad

गृहपृष्ठ ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक हुँदै 

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक हुँदै 

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक हुँदै 

काठमाडौं । फिल्म ‘झिँगेदाउ २’ को टिजर आज सार्वजनिक हुने भएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशक रहेको फिल्म झिँगेदाउ २’को टिजर आज (बुधबार) दिउँसो २ः१५ बजे ललितपुरस्थित लविम मलमा सार्वजनिक हुने भएको हो ।

‘झिँगेदाउ २’ फिल्म असोज २ गतेदेखि देशभर रिलिज हुँदैछ । विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, निर्माण व्यवस्थापनमा इश्वर घिमिरे, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ ।

फिल्मका प्रमुख पात्र केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल रहेका छन् । त्यस्तै हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोदकुमार पौडेलको अभिनय रहेको छ ।

मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको क्यामियो भूमिका छ । परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेको पटकथा तथा संवाद छ । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यू नेपाल प्रालिको प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो ।

प्रकाशित समय : ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु