global ime bank Long Banner Ad

गृहपृष्ठ सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति  दिइने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत मंगलबार जारी सन्देशमा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको उल्लेख गर्दै उनले न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सुरक्षाकर्मीको गोली लागेर नागरिकको मृत्यु हुनु र घाइते हुनु गम्भीर विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले घटनाबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्। यस्ता घटना दोहोरिन नदिन सरकारले घटनाको समग्र समीक्षा गरी आवश्यक सुधारका कदम चाल्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले नागरिकलाई संयम अपनाउन र उत्तेजना तथा बदलाको भावनाबाट टाढा रहन आग्रह गरेका छन्। सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई आह्वान गर्दै उनले कुनै पनि उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।

‘सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु हो,’ प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गरेका छन्। उनले सरकारले उक्त दायित्व यथाशीघ्र पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

प्रकाशित समय : ०५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु