global ime bank Long Banner Ad

गृहपृष्ठ आजको राशिफलः बिसं २०८३ साउन १० गते आइतबार

आजको राशिफलः बिसं २०८३ साउन १० गते आइतबार

आजको राशिफलः बिसं २०८३ साउन १० गते आइतबार
आज बिसं २०८३ साउन १० गते आइतबार, ई.सं. २०२६ जुलाई २६, ऋतुः वर्षा, अयनः दक्षिणायन, नेपाल संवत् ११४६ दिल्लाथ्व द्वादशी, आषाढ शुक्ल पक्ष, द्वादशी तिथि, नक्षत्रः ज्येष्ठा, चन्द्रमा वृश्चिक राशिमा, सूर्य कर्कट राशिमा, योगः ऐन्द्र, करणः बालव। आज प्रदोष व्रत पनि परेको छ। आज नेपालमा सूर्योदय बिहान ५ः२४ बजे र सूर्यास्त साँझ ६ः५४ बजे हुनेछ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशातर्फ यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ। आज कुनै महत्वपूर्ण कार्यको सुरुआत वा शुभ यात्रामा निस्कँदा बिहान ६ बजेर १७ मिनेटदेखि ९ बजेर ४९ मिनेटसम्मको समय शुभ रहेको छ। यो समय नेपालको राष्ट्रिय समयअनुसार हो।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिष्ठा बढ्ने दिन छ। अनावश्यक तर्क–वितर्कबाट टाढा रहँदा राम्रो हुनेछ। कार्यस्थल वा परिवारमा केही असमझदारी हुन सक्छ, त्यसैले रिस र आवेग नियन्त्रण गर्नुहोस्। प्रेम सम्बन्धमा शङ्का वा अलमलले मन अशान्त बनाउन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुख–सुविधाप्रतिको आकर्षण बढ्नेछ। अध्ययन, नयाँ काम र आत्मविश्वासका लागि दिन अनुकूल छ। घुमघाम तथा मनोरञ्जनमा समय बित्नेछ। जीवनसाथी वा प्रियजनसँग खुसीका क्षण बिताउने अवसर मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्याभन्दा समाधानमा केन्द्रित हुँदा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। विदेशी काम वा छोटो यात्राबाट लाभ हुनेछ। प्रियजनसँग सम्बन्ध अझ प्रगाढ बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पद–प्रतिष्ठा र आर्थिक पक्ष बलियो बन्नेछ। रोकिएको रकम प्राप्त हुन सक्छ। मनमा चिन्ता बढ्न सक्ने भएकाले धैर्य र आध्यात्मिकतामा ध्यान दिनु राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यस्थलमा राम्रो तालमेल रहनेछ। मेहनतको उचित प्रतिफल मिल्नेछ। परीक्षार्थीका लागि दिन अनुकूल छ। आफ्नै क्षमतामा विश्वास राख्नुहोस्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। सकारात्मक सोच र मेहनतले राम्रो उपलब्धि दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम वा व्यवसायमा आकर्षण बढ्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। आजको मेहनतले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्न सक्छ। मनोरञ्जनमा धेरै अल्झिनु उचित हुँदैन। लगनशीलताले रोकिएका काम बन्ने र प्रतिष्ठा बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीभाइसँग भेटघाट हुनेछ। बुद्धि र मेहनतले महत्त्वपूर्ण काम सफल बन्नेछ। आम्दानी बढाउन थप प्रयास आवश्यक छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढे पनि आर्थिक अवस्था सन्तोषजनक रहनेछ। अध्ययन, प्रतिस्पर्धा र लगानीका लागि दिन शुभ छ। रोकिएको रकम प्राप्त हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मविश्वास बढ्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ। निर्णय क्षमता र नेतृत्वले नयाँ सफलता दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीमा संयम अपनाउनुहोस्। प्रेम सम्बन्धमा विश्वास कायम राख्नु राम्रो हुनेछ। खाद्यान्न, तरकारी, फलफूल तथा सौन्दर्य सामग्रीको व्यवसायमा लाभ मिल्ने सम्भावना छ।

प्रकाशित समय : ०६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु