global ime bank Long Banner Ad

गृहपृष्ठ शाक्यमुनी कमोडिटिजले पालपाली जनतालाई १० करोडमाथि ठगेको पीडितको गुनासो 

शाक्यमुनी कमोडिटिजले पालपाली जनतालाई १० करोडमाथि ठगेको पीडितको गुनासो 

शाक्यमुनी कमोडिटिजले पालपाली जनतालाई १० करोडमाथि ठगेको पीडितको गुनासो 

काठमाडौं । पाल्पा जिल्लामा ‘शाक्यमुनि कमोडिटिज संस्था’ले करिब ४० जना बढीबाट १० करोडमाथिको रकम ठगी गरेको पीडितहरुले गुनासो गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले राज्यसँग अदालतको फैसला कार्यान्वय गर्नसमेत मागसमेत गरेका छन् ।

‘नागरिक युवा दस्ता नेपाल’का अध्यक्ष सम्भू थापाले पाल्लाका विभिन्न व्यक्तिहरुबाट ‘शाक्यमुनि कमोडिटिज’ले स्थानीयहरुलाई विभिन्न सेवा सुविधा दिने बहानामा करोडौं ठगी गरेको आरोप लगाए ।

एक दशक अघि जनतालाई स्थानीय तहमै सुनदेखि नुनसम्मको सामुहिक करोबार गरेर जनतालाई आत्मनिर्भर गर्ने सपना बाढेर संस्थागत ठगी गरिएको विषयलाई अदालतले पुष्टि गरिसकेको थापाले जानकारी दिए । करिब ४ वर्षसम्म पनि संस्थाले लिएको उद्देय कार्यान्वयन नभएपछि स्थनीयले लगानी फिर्ता माग्दा आफूहरुले ठगिएको थाहा पाएको र त्यसपछि कानुनी उपचारमा गएको थापले जनाए ।

कमेडिटिजका सञ्चालक सचिन शाक्य, रकम उठाउने कल्पना घिमिरे र ज्ञानप्रसाद गैरेको मुख्य योजनामा स्थानीय ठगीएको थापाको दाबी छ ।

२०८२ सालमा पीडितहरुले आफ्नो रकम फिर्ताको लागि पाल्पा जिल्ला अदालतमा मुद्धा जिते पनि अहिलेसम्म पीडितले राहत नपाएपछि नागरिक युवा दस्तालाई गुहारेको अध्यक्ष थापाले जनाए ।

दस्ताका सुरक्षा विभाग प्रमुख नविन रेग्मीले आफूहरुले पीडितको पक्षमा लगातार ३ वर्षदेखि लड्दै आएको र पीडक पक्षलाई पनि समन्वयमा ल्याउने प्रयास गरेको जनाए ।

‘हामीले धेरै पटक कमोडिटिज संस्थाका सञ्चालकहरुलाई समन्वय गरी पीडितहरुको रकम फिर्ता दिन पटकपटक आह्वन गर्दा पनि नमानेपछि मिडियामा जान बाध्य भयौं,’ रेग्मीले भने ।

अब पनि सञ्चालकहरुले पीडितलाई न्याय नदिए अदालतको फैसला अनुसार उनिहरुले कारवाही भोग्नुपर्ने रेग्मीले जनाए ।

रेग्मिले पाल्पा जिल्ला अदालतले पीडतको पक्षमा गरेको फैसलालाई कार्यान्वयन गर्न वर्तमान सरकारका निकायहरुलाई आह्वनसमेत गरे ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु