global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल

कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल

कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल

काठमाडौँ ।कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीबीच दुवै मन्त्रालयका सम्बन्धित काममा प्रभावकारी समन्वय गर्ने विषयमा छलफल भएको छ ।

कृषि मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच अन्नबालीको न्यूनतम् समर्थन मूल्य निर्धारणपश्चात मूल्य कार्यान्वयन र अनुगमनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतको एफसिसीएआईबीच भएको पारस्परिक मान्यता सम्झौतालाई चियामा समेत लागू गराउने विषयमा नेपाल–भारतबीच व्यापार तथा पारवहन अन्तरसरकारी समितिमार्फत पहल गर्ने विषयमा समेत छलफल भएको थियो ।

सो अवसरमा झापा आसपास रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामलाई चिया भण्डरणका लागि प्रयोग गर्ने व्यवस्था मिलाउने, महावाणिज्य दूतावासहरूमार्फत नेपाली चियाको प्रवर्द्धन गर्ने, चिया ‘अक्सन’मा चिया उत्पादक तथा अन्तरराष्ट्रिय खरिदकर्ताहरूलाई आकर्षण गराउन आवश्यक वित्तीय एवं नीतिगत सुविधा उपलब्ध गराउन पहल गर्ने विषयमा छलफल भएको थियो ।

कृषिजन्य उत्पादनको व्यापारमा देखिएको कालोबजारी नियन्त्रण, किसानले उचित मूल्य नपाएको अवस्थामा कृषि थोक बजार तथा अन्य बजारहरूमा तत्काल अनुगमन गर्नुपर्ने तथा केरा, गोलभेँडा, आलुलगायतका उपज आयातमा निरुत्साहित गर्न समन्वय गर्ने विषयमा छलफल भएको थियो । भेटमा विश्व व्यापार सङ्गठनअन्तर्गत कृषि क्षेत्रसँग सम्बन्धित सम्झौता, दायित्व तथा व्यापार सहजीकरणका विषयमा प्राविधिक क्षमता अभिवृद्धि, अध्ययन, नीति सुधारलगायत विषयमा छलफल भएको कृषि मन्त्रालयले जनाएको छ ।
(((

प्रकाशित समय : १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु