काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई समस्याग्रस्त सहकारीका १२५ बचतकर्ताले पाए बचत फिर्ता

1.83K
shares

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी संस्था र तपाईँ हाम्रो सहकारीका १२५ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।

समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना र तपाईँ हाम्रो सहकारीका ९० जना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत रकम फिर्ता पाएका हुन्।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको समितिले जनाएको छ।

समितिका अनुसार आगामी चरणमा बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिनेछ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनबमोजिम निरन्तर फिर्ता गर्ने कार्य जारी रहेको समितिले जनाएको छ।