गृहपृष्ठ मञ्जुश्री फाइनान्सको १ हजार ८६५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला

मञ्जुश्री फाइनान्सको १ हजार ८६५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला

मञ्जुश्री फाइनान्सको १ हजार ८६५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले १ हजार ८६५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

कम्पनीका अनुसार संस्थापक सेयरधनी आइब्रोक्स इन्टरनेशनलको नाममा रहेको उक्त सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि प्राथमिकता दिइएको थियो। त्यसका लागि ३५ दिनको सूचना प्रकाशित गरी आवेदन आह्वान गरिए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीमा आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनका आधारमा सेयर बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

संस्थापक सेयर सर्वसाधारणका लागि खुला भएसँगै दीर्घकालीन लगानी गर्न चाहने लगानीकर्ताले मञ्जुश्री फाइनान्समा लगानी गर्ने अवसर पाएका छन्। कम्पनीले तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन इच्छुक लगानीकर्तासँग आग्रह गरेको छ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु