गृहपृष्ठ सिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो

सिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो

सिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा कुल बीमाशुल्क संकलन २४.१२ प्रतिशतले बढाएको छ। कम्पनीले समीक्षा अवधिमा ९ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीका अनुसार बीमाशुल्क वृद्धिमा नयाँ व्यवसायबाट प्राप्त प्रथम बीमाशुल्कको उल्लेखनीय योगदान रहेको छ। समीक्षा अवधिमा प्रथम बीमाशुल्क ३८.२ प्रतिशतले वृद्धि भएर ३ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो शीर्षकअन्तर्गत २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ संकलन भएको थियो।

पुराना बीमितबाट प्राप्त हुने नवीकरण बीमाशुल्क पनि दोहोरो अंकले बढेको कम्पनीले जनाएको छ। अघिल्लो वर्ष ५ अर्ब १५ करोड ४९ लाख रुपैयाँ रहेको नवीकरण बीमाशुल्क समीक्षा अवधिमा १७.६ प्रतिशतले बढेर ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ पुगेको छ।

प्रथम बीमाशुल्क र नवीकरण बीमाशुल्क दुवैमा भएको उल्लेखनीय वृद्धिले कम्पनीको व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास पनि मजबुत बन्दै गएको संकेत गरेको कम्पनीको भनाइ छ। पछिल्ला वर्षहरूमा जीवन बीमा बजारमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै आएको सिटिजन लाइफले व्यवसाय विस्तारको गति निरन्तर कायम राखेको देखिएको छ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु