global ime bank Long Banner Ad

गृहपृष्ठ मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दै : ह्वाइट हाउस

मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दै : ह्वाइट हाउस

मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दै : ह्वाइट हाउस

ह्वाइट हाउसले व्यापारिक जहाजहरूका लागि स्ट्रेट अफ होर्मुज खुला रहेको बताउदै अमेरिकी सेना रणनीतिक जलमार्ग होर्मुजमा समुद्री यातायातको माध्यामबाट निरन्तर सामान प्रवाह सुनिश्चित गर्न तैनाथ गरिएको जनाएको छ ।

अमेरिकी सैन्य कारबाही बढ्दै जाँदा स्ट्रेट अफ होर्मुज हुँदै व्यापारिक ढुवानीमा आएको गिरावट बारे छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा प्रस्थान गर्ने यात्रु बहाक जहाजहरूमा मात्र लागु हुने गरी नाकाबंदी लागु गरेको बताएको छन् । इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र प्रस्थान गर्ने जहाजहरूका लागि राष्ट्रपतिले निर्देशन दिएका जहाजहरू अवरुद्ध रहेको समेत उनले बताएको छन् ।

नाकाबन्दीलाई पूर्ण रूपमा लागु गरिएको उल्लेख गर्दै उनले इरानले संयुक्त राज्य अमेरिकासँग गरेको सम्झौताको सम्मान गरी अनुसरण गर्न असमर्थ भएकाले यो नाकाबंदी पुनः लागु गर्नु परेको जनाएको छ न्।

उनले यस क्षेत्रमा ठूलो अमेरिकी सैन्य तैनाथी द्वारा नाकाबंदी लागु गरिएको बताएको छन् ।

दश हजार भन्दा बढी अमेरिकी नाविक, मरीन र एयरम्यान, दुई विमान वाहक र २० वटा भन्दा बढी युद्धपोत र दर्जनौं विमानहरूले नाकाबंदी अभियान कार्यान्वयन गरिरहेको उहाले बताएको छन् ।

लेभिटले नाकाबंदीको पहिलो २४ घण्टामा, युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबंदीको पालना गर्ने दुई व्यापारिक जहाजहरूलाई पुनः निर्देशित गरेको जनाएको छ ।

होर्मुजको जलमार्ग हुँदै व्यापारिक ढुवानीमा नाकाबंदी नभई खुला रहेको कुरामा जोड दिँदै, लेभिटले इरानी बन्दरगाह जहाजहरूका लागि खुला छ, भनेर सुनिश्चित गर्न अमेरिकी नौसेना तैनाथ गरेको बताएको छन् ।

सेन्टकमले मङ्गलबार, इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा आउने र जाने जहाजहरूलाई लक्षित गर्दै नौसैनिक नाकाबंदी पुनः सुरु गरेको पुष्टि गरेको छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा, सेन्टकमले अमेरिकी सेनाले इरानलाई कमजोर बनाउने उद्देश्यले अपरेसनहरू जारी राखेको छ जुन वाशिंगटनले स्ट्रेट अफ होर्मुजमा व्यावसायिक ढुवानीलाई लक्षित गर्न प्रयोग भइरहेको बताएको छ ।

सेन्टकमले नाकाबंदीको एक हिस्साको रूपमा २० वटा भन्दा बढी अमेरिकी नौसेनाका युद्धपोत र सयौं सैन्य विमानहरू यस क्षेत्रमा तैनाथ गरिएको उल्लेख गरेको छ ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु