काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भित्तेचित्रमार्फत झल्किँदै नेपालको सांस्कृतिक पहिचान

2.73K
shares

ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत भित्ताहरूमा आकर्षक भित्तेचित्र कोरिएका छन् ।

उपत्यकाका सडक र सार्वजनिक पर्खालहरूलाई व्यवस्थित र सुन्दर बनाउने महानगर तथा स्थानीय निकायहरूको नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडकका भित्ताहरूमा कलात्मक पेन्टिङहरू कोरिएका हुन्। यी भित्तेचित्रहरूमा नेपालका परम्परा, संस्कृति र सम्पदालाई झल्काउने दृश्यहरू समेटिएका छन्।

विशेषगरी बौद्ध सम्पदा तथा लाखे नृत्यका चित्रहरू कोरिएका छन्, जसले स्थानीय सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै सडकको सौन्दर्य पनि बढाएकाे छ ।