global ime bank Long Banner Ad

गृहपृष्ठ घरदैलोमै सामाजिक सुरक्षा भत्ता

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

मान्म । यहाँस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीदलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो ।

नगरपालिका वडा नं. ६ मा ४५ जना, वडा नं.७ मा २५ जना, वडा नं. ८ मा १८ जना र वडा नं. ९ मा ३४ जना गरी कुल १२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम शाहीले जानकारी दिए।

“लाभग्राहीको सहजताका लागि नगरपालिकाले ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा घरदैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो”, उनले भने ।

प्रकाशित समय : ०६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु