global ime bank Long Banner Ad

गृहपृष्ठ श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले आज शिष्टाचार भेट गरेको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री यादवले नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा युएई राजदूत शाम्सीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको जानकारी दिएको थियो । सो विषयमा मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको भएको थियो ।

प्रकाशित समय : २२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु