global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि यही असार १७ गतेदेखि छलफल हुने भएको छ ।

विनियोजन विधेयकमाथिको छलफलका लागि यही असार १७ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने तयारी भएको सभामुख रामअशिष यादवले जानकारी दिए ।

मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवद्र्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु