काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा

1.81K
shares

तनहुँ । स्थानीय भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना गरिएको छ । अधिकारी क्षेत्रीको कुलदेवता थानको परिसरमा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण कोटमा झण्डा राखिएको हो ।

नगरप्रमुख आनन्दराज त्रिपाठी र वडाध्यक्ष बेलबहादुर अधिकारीले संयुक्त रुपमा झण्डा स्तम्भको उदघाटन गरे। नेपालकै गौरव र गाथाहरुले भरिपूर्ण मनोहर प्राकृतिक वरदानले सजिएको ऐतिहासिकस्थलका रूपमा कोट थुम्का परिचित छ ।

राष्ट्रिय झण्डा स्तम्भ स्थापनापछि थप आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा कोट थुम्काको विकास हुने अपेक्षा गरिएको नगरप्रमुख त्रिपाठीले बताए । मिलुङ बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कुशलचन्द्र अधिकारीले कोट थुम्का पर्यटकीय दृष्टिकोणले गन्तव्य बन्दै गएका कारण यहाँको कृषि क्षेत्रमा थप सहयोग पुग्ने बताए ।

त्यस क्षेत्रको विकासका सन्दर्भमा थप २०० वटा लालिगुराँसको बिरुवा रोप्ने लक्ष्यसमेत राखिएको छ ।