गृहपृष्ठ पशुपतिनाथ क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ

पशुपतिनाथ क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ

पशुपतिनाथ क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ

काठमाडौँ‍ । पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनको घाँटीबाट सुनका सिक्री लुटपाट गर्ने आरोपमा पाँच भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब ११ : ३० बजे काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा लुटपाटमा संलग्न रहेको आरोपमा पाँच महिलालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरू भारतको गोरखपुर नौसर घर भएका ३५ वर्षीया अन्जु चमार, २९ वर्षीया रुपसना चमार, ३० वर्षीया आरती चमार, ३५ वर्षीया रिंकु चमार तथा १८ वर्षीया नन्दनी चमार रहेका छन्।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई चोरी गरिएका सुनका दुई थान सिक्रीसहित पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिइएको छ।

अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित समय : २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु