गृहपृष्ठ नेपाल एसबिआई बैंकद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
नेपाल एसबिआई बैंकद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ स्थित श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।
बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक सामग्री तथा खेलकुद सामग्री उपलब्ध गराएको हो। आयोजित कार्यक्रममा बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरिन्।
बैंकका अनुसार यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउनुका साथै विद्यार्थीहरूको पठनपाठनलाई सहज र प्रेरणादायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ११० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंकका अन्य अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंकले समुदायस्तरमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ। बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ केन्द्र, १२७ एटीएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
प्रकाशित समय : १६:१५ बजे



















