global ime bank Long Banner Ad

गृहपृष्ठ ब्याण्डबाजामा भविष्य खोज्दै तन्नेरी

ब्याण्डबाजामा भविष्य खोज्दै तन्नेरी

ब्याण्डबाजामा भविष्य खोज्दै तन्नेरी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का जागरिला तन्नेरीहरु यतिबेला ब्याण्डबाजा बजाउने सीप सिक्न व्यस्त छन् ।

गाउँमा १० जनाको ब्याण्डबाजा समूह सञ्चालन गरेर सीप सिक्न थालेका तन्नेरीले आफ्नै लगानीमा ट्रम्पेट, क्लारिनेट, स्याक्सोफोन, ड्रमलगायतका बाजा खरिद गरी सीप सिक्न प्रशिक्षकको व्यवस्था गरेका छन् ।

विवाह तथा अन्य शुभकार्यमा बाजाको महत्व र आश्यकता बढ्दै गएकाले तन्नेरी सीप सिक्न लागि परेका हुन् । समूहका सदस्य वासुदेव चौधरीले ब्याण्डबाजा आयआर्जनका माध्यम रहेको बताए ।

बाजा विवाहमा जन्ती प्रस्थान गर्दा, बेहुलाबेहुलीको स्वागत गर्दा, धार्मिक शोभायात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रममा प्रयोग हुँदै आएको छ ।

शुक्लाफाँटा–३ मा ब्याण्डबाजा बजाएर आम्दानी गर्ने परम्परा भने नयाँ होइन । सोही वडाका मङ्गलबहादुर चौधरी नेतृत्वको समूहले करिब एक दशकदेखि विवाह तथा अन्य समारोहमा ब्याण्डबाजा बजाउँदै आएका थिए ।

उनका अनुसार एक विवाह समारोहमा बाजा बजाएर २० हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको छ ।

ब्याण्डबाजा क्षेत्रमा सफलता हासिल गर्न निरन्तर अभ्यास आवश्यक छ । गीतको धुन निकाल्नसक्ने भएपछि माग बढ्छ र आम्दानी पनि त्यहीअनुसार हुन्छ ।

शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले तन्नेरीहरुले आफ्नै लगानीमा सीप सिक्न थालेको कायलाई प्रशंसनीय रहेको बताए ।

गाउँघरमा वैदेशिक रोजगारीतर्फ आकर्षण बढिरहेका बेला ब्याण्डबाजा जस्तो परम्परागत पेसाले स्थानीयस्तरमै आम्दानीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु