गृहपृष्ठ एआई र बिजनेस इन्टेलिजेन्स युगलाई लक्षित गर्दै सनवे कलेजद्वारा BSc (Hons) BIT कार्यक्रम सुरु
एआई र बिजनेस इन्टेलिजेन्स युगलाई लक्षित गर्दै सनवे कलेजद्वारा BSc (Hons) BIT कार्यक्रम सुरु
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (AI), बिजनेस इन्टेलिजेन्स (BI) तथा डिजिटल व्यवसाय प्रणालीमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सनवे कलेजले BSc (Hons) Business Information Technology (BIT) नामक नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ।
सूचना प्रविधि र व्यवस्थापन शिक्षाको संयोजनमा आधारित उक्त कार्यक्रमले आधुनिक व्यवसायिक क्षेत्रको बदलिँदो आवश्यकता तथा डाटा–केन्द्रित कार्यशैलीलाई सम्बोधन गर्ने लक्ष्य राखेको कलेजले जनाएको छ।
कलेजका अनुसार आजको एआई–प्रेरित र डिजिटल व्यवसायिक वातावरणमा प्रविधि तथा व्यवस्थापनको एकीकृत ज्ञान अपरिहार्य बन्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राखेर पाठ्यक्रम तयार गरिएको हो।
+2 अध्ययनपछि व्यवस्थापन वा सूचना प्रविधिमध्ये कुन विषय रोज्ने भन्ने विद्यार्थीहरूको अन्योललाई सम्बोधन गर्दै यो कार्यक्रमले दुवै क्षेत्रको अध्ययनलाई एउटै पाठ्यक्रममा समेटेको छ।
कार्यक्रमबारे जानकारी दिँदै कलेजका प्रिन्सिपल खुशल रेग्मीले प्रविधि र व्यवसायको समन्वयमा आधारित शिक्षा वर्तमान समयको आवश्यकता रहेको बताए।
उनले भने, “आजको प्रतिस्पर्धी बजारमा प्रविधिबिना व्यवसाय र व्यवसायिक बुझाइबिना प्रविधि दुवै अपूरा हुन्छन्। यो कार्यक्रमले विद्यार्थीहरूलाई डेटा, एआई तथा बिजनेस इन्टेलिजेन्सको प्रयोगमार्फत रणनीतिक निर्णय क्षमता विकास गर्न सहयोग गर्नेछ।”
पाठ्यक्रममा Business Intelligence and Data Analytics, व्यवसायमा एआईको प्रयोग, Digital Business Strategy, Technology Management तथा Financial Management लगायतका विषय समावेश गरिएका छन्। कार्यक्रम पूर्ण रूपमा उद्योग–केन्द्रित सिकाइ पद्धतिमा आधारित रहेको कलेजको दाबी छ।
शैक्षिक कार्यक्रमसँगै सनवे कलेजले Startup Incubation Program सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रममार्फत विद्यार्थी तथा युवा उद्यमीहरूलाई आफ्ना नवीन सोच र व्यवसायिक अवधारणालाई व्यावसायिक रूपान्तरण गर्न तथा बजारमा प्रवेश गराउन आवश्यक सहयोग उपलब्ध गराइँदै आएको छ।
त्यसैगरी, कलेजले स्थापना गरेको AI Innovation Center मार्फत कृत्रिम बुद्धिमत्तासम्बन्धी अनुसन्धान, प्रयोगात्मक सिकाइ तथा नवप्रवर्तन गतिविधिहरूलाई समेत प्राथमिकता दिइएको जनाएको छ। यसले विद्यार्थीहरूलाई वास्तविक समस्या समाधानमा आधारित प्रविधिको प्रयोग गर्ने अवसर प्रदान गरिरहेको छ।
कलेजका अनुसार कार्यक्रम पूरा गरेका विद्यार्थीहरूले Business Intelligence Analyst, AI Business Consultant, Digital Entrepreneur, Data and Systems Manager लगायतका क्षेत्रमा करियर निर्माण गर्न सक्नेछन्।
बर्मिङ्घम सिटी युनिभर्सिटी, युनाइटेड किङ्डमसँग सम्बन्धन प्राप्त उक्त BSc (Hons) Business Information Technology कार्यक्रमका लागि हाल भर्ना खुला गरिएको छ। प्रारम्भिक चरणमा सीमित सङ्ख्याका मेधावी विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जनाएको छ।
नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु भइसकेको र पहिलो ५० जना विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने भएकाले इच्छुक विद्यार्थीहरूलाई अवसरको सदुपयोग गर्न कलेजले आग्रह गरेको छ।
प्रकाशित समय : १६:२४ बजे



















