global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

उनिसमक्ष महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक शिवकुमार राईले कार्यालयको वार्षिक प्रतिवेदन आज पेस गरेका हुन । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आर्थिक अनुशासन कायम गराउन प्रतिवेदन कोशेढुङ्गा सावित हुने बताए ।

उनले सरकारी कार्यालयमा आर्थिक अनियमितता रोक्न, बेरुजु बढ्न नदिन र भ्रष्टाचार न्यूनीकरण गर्न महालेखा परीक्षकको कार्यालय क्रियाशील रहेको जनाउँदै फजुल खर्च रोक्न महालेखालाई सधैँ गम्भीर भएर लाग्न सुझाव दिए ।

त्यस अवसरमा नायब महालेखा परीक्षक राईले सङ्घीय शासन प्रणाली सुरु भएदेखि आठ वर्षको लेखा परीक्षण भइसकेको जानकारी दिए । उहाँले ७५३ वटा स्थानीय तहमा ७२१ पालिकाको लेखा परीक्षण भइसकेको जानकारी दिँदै जेन्जी आन्दोलनका क्रममा कागजपत्र तथा अभिलेख नष्ट भएका पालिकाहरूको मात्र लेखा परीक्षण हुन नसकेको बताए।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु