global ime bank Long Banner Ad

गृहपृष्ठ स्वमूल्यांकन तथा स्वअनुशासन विषयक तालिम सम्पन्न

स्वमूल्यांकन तथा स्वअनुशासन विषयक तालिम सम्पन्न

स्वमूल्यांकन तथा स्वअनुशासन विषयक तालिम सम्पन्न

बास नेपालको आयोजनामा स्वमूल्यांकन तथा स्वअनुशासन विषयक तालिम सम्पन्न भएको छ।

स्वमूल्यांकन र स्वअनुशासनको महत्व बुझाउने, जिम्मेवारी वृद्धि गर्ने, कर्मचारीहरुलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा सुधार गर्ने तथा अनुशासित कार्यसंस्कृतिको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

बास नेपालका कर्मचारीहरुका लागि आयोजित उक्त तालिममा नमस्कार शाहले प्रशिक्षण प्रदान गरेका थिए।

तालिममा संघसंस्थामा कार्यरत कर्मचारीहरुको प्रकार, स्वमूल्यांकनको अवधारणा, स्वअनुशासनको महत्व, स्वमूल्यांकनका आधारहरु तथा सुधारका उपायहरु लगायतका विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रममा बास नेपालका १५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु