global ime bank Long Banner Ad

गृहपृष्ठ वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी

वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी

वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी

काठमाडौँ । वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ उपत्यकाबाट १७१, कोशीबाट २०६, मधेसबाट ७०, बागमतीबाट १५४, गण्डकीबाट ५६, लुम्बिनीबाट १६९, कर्णालीबाट २१ र सुदूरपश्चिम प्रदेशबाट १६७ जना तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना पक्राउ परेका छन् ।

सो अवधिमा अवैध लागुऔषध गाँजा एक हजार ८२०, चरेस १९ किलो, हेरोइन चार किलो, अफिम सात किलो, कोकिन ३३ ग्राम, पोलेन ११ किलो, नियन्त्रित लागुऔषध डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, ट्रामाडोल, नाइट्राभेट र स्पास्मो ठूलो परिमाणमा बरामद भएको प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित समय : १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु