गृहपृष्ठ राष्ट्रियसभाः सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान
राष्ट्रियसभाः सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म गम्भीर विषय उठान गरेको छ ।
बैठकको आकस्मिक समयमा सांसद कृष्णबहादुर रोकायाले क्यान्सर रोगको उपचार गर्नका लागि औषधि व्यवस्थापनका लागि आग्रह गरे ।
सांसद रेणु चन्दले जडीबुटी र पर्यटनको प्रचुर सम्भावना भएको लामपाटा च्याचोर क्षेत्रमा सीमा विवादसम्बन्धी समस्या समाधानका लागि आग्रह गरे । सांसद मीनासिंह रखालले प्राकृतिक प्रकोपका कारण जनताले भोगेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए
प्रकाशित समय : १४:४६ बजे



















