global ime bank Long Banner Ad

गृहपृष्ठ बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गरेको हो ।

प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको उल्लेख छ । बागमती प्रदेश सरकारमन्त्री परिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गर्ने निर्णय गरेको थियोे । उक्त अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु