काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तिन वटा संसदीय समितिको बैठक बस्दै

2.08K
shares
काठमाडौं । आज तिन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
आज संसदीय सुनुवाइ समिति, अर्थ समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।
बिहान ८ बजे बस्ने भएको संसदीय सुनुवाइ समितिको चौथो बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, अर्थ समितिको बैठक पनि बस्ने भएको छ । बिहान ९ः३० बजे बस्ने भएको बैठकमा उपसमितिहरूबाट सम्पादित कामकारबाही सम्बन्धमा जानकारी लिने र अन्य विविध विषयमा पनि छलफल हुनेछ ।
यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक आगामी ‘आ।व।२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल’ हुनेछ ।