काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नयाँ भवनमा इतिहास झल्काउँदै रुपा

2.6K
shares

गण्डकी ।कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ ।

विगतमा स्थानीय तह पुनःसंरचनपछि साविक गाविसहरूको पहिचान हराउँदै गएको गुनासो बढिरहेको वर्तमान अवस्थामा गाउँपालिकाले पुराना नाम र इतिहासलाई जीवन्त राख्ने लक्ष्यका साथ नयाँ प्रशासनिक भवनका संरचनालाई साविक गाविसका नामबाट नामकरण गरेको हो ।

गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा निर्माण गरिएको आधुनिक एवं सुविधासम्पन्न प्रशासनिक भवनको पहिलो तलालाई सिद्ध, दोस्रो रुपा, तेस्रो देउराली, बैठक हललाई हंसपुर तथा सभाहललाई थुम्की नामकरण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

भवन उद्घाटन समारोहमा उनले यसबाट साविक गाविसहरूको प्रशासनिक तथा सामाजिक इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिएको बताए। उहाँका अनुसार नेपाल सरकारबाट हस्तान्तरण भएर आएको ९१ रोपनी ११ आना एक पैसा जग्गामा सात करोड ७८ लाख ५४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन हाल गाउँपालिकाको प्रशासनिक केन्द्र बनेको छ ।

अध्यक्ष ओझाले “विकाससँगै स्थानीय इतिहास र पहिचानलाई पनि संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गरेर यस्तो अभ्यास थालिको हो । लिफ्टसहित अपाङ्गतामैत्री शौचालयको व्यवस्था गरिएको भवन आधुनिक प्रविधियुक्त छ ।”

रमणीय भालभज्या डाँडामा अवस्थित भवनबाट गाउँपालिकाका सबै वडासहित पोखरा, मध्यविन्दु, शुक्लागण्डकी नागरपालिका र मादी नदी तथा हरिया फाँटहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । सो स्थानमा स्वाथ्यचौकी, प्रहरी बिट, कृषि तथा पशु विकाससम्बन्धी कार्यालयसमेत स्थापना गरी सञ्चालन गरिने सोच रहेको अध्यक्ष ओझाले बताए ।