गृहपृष्ठ नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ
नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ
काठमाडौं । सांसद सुहाङ नेम्वाङले नेपालको चिया क्षेत्र देशको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात अन्तर्राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वि.सं.१९२० मा इलामबाट सुरु भएको चिया खेती आज महत्वपूर्ण आर्थिक आधार बनेको उल्लेख गरे ।
उनले भने, ‘बि.स १९२० मा इलामा सुरु भएको चिया आज नेपालको ग्रामीण अर्थतन्त्र रोजगारी निर्यात अन्तर्राष्ट्रिय पहिचान सँग जोडिएको महत्त्वपूर्ण क्षेत्र बनेको छ ।’
उनले १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिकको जीविकोपार्जन चिया उद्योगसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । आर्थिक वर्ष २०८१÷८२ मा मात्रै नेपालबाट करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको जानकारी उनले दिए ।
‘१५ हजार भन्दा बढी किसान र ६० हजार भन्दा बढी श्रमिकको जीवन चियासँग जोडिएको छ । आथिक वर्ष २०८१÷८२ मात्रै करिब ४ अर्ब ५९ करोड रुपैयाँको चिया निर्यात भएको छ,’ उनले भने ।
प्रकाशित समय : १४:३६ बजे




















