global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दमकमा नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन तथा फुड फेस्टिभल हुने

दमकमा नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन तथा फुड फेस्टिभल हुने

दमकमा नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन तथा फुड फेस्टिभल हुने

दमकमा नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन तथा फुड फेस्टिभल हुने
काठमाडौं । नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन–२०२६’ तथा फुड फेस्टिभल आयोजना हुने भएको छ ।
इन्टरनेशनल नेपाली सेफ सोसाइटी र नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते झापाको दमकस्थित युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टमा कार्यक्रम सञ्चालन गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
कार्यक्रममा नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण तथा प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख परिकारलाई एकै थलोमा प्रस्तुत गर्दै नेपाली खानालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य राखिएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इन्टरनेशनल नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले आधुनिक कुलिनरी प्रविधि र परम्परागत स्वादबीच सन्तुलन कायम गर्दै नयाँ पुस्ताका शेफहरूलाई सिर्जनशीलता तथा नवप्रवर्तनतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिभल सञ्चालन गरिनेछ। फेस्टिभलमा ५० भन्दा बढी स्टल रहने र स्थानीयदेखि अन्तर्राष्ट्रिय परिकारसम्मको स्वाद लिन पाइने आयोजकको भनाइ छ ।
आयोजकका अनुसार १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफहरू निर्णायक (जज) का रूपमा सहभागी हुनेछन् । उनीहरूले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने जनाइएको छ ।
प्रतियोगितामा सहभागिताका लागि तीन सदस्यीय टिम अनिवार्य गरिएको छ । सहभागी टोलीहरूले सोसाइटीको आधिकारिक खातामा शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्नेछ ।
प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रथम हुने टोलीले एक लाख रुपैयाँ, द्वितीय हुने टोलीले ७५ हजार रुपैयाँ तथा तृतीय हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सबै सहभागीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक टिमलाई ‘मिस्ट्री बक्स’ पनि उपलब्ध गराइनेछ ।
कार्यक्रमले पाककला क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ ।
नेपाली सेफ सोसाइटीका अध्यक्ष एल.बी. कौशल नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष वसन्त राई, उपाध्यक्ष शिवहरि घिमिरे, महासचिव गिरिराज भट्ट, सचिव पुष्कर पनेरु, कोषाध्यक्ष विष्णु खत्रीलगायत रहेका छन् ।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु