global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंक ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’मा आबद्ध

राष्ट्रिय वाणिज्य बैंक ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’मा आबद्ध

राष्ट्रिय वाणिज्य बैंक ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’मा आबद्ध

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच ‘नेसनल कार्ड स्विच ‘नेपालपे कार्ड’ योजनामा प्रिन्सिपल मेम्बरका रूपमा आबद्ध हुन सम्झौता भएको छ ।

एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडमा आफ्नो स्विच इन्टिग्रेसन सम्पन्न गरेपछि ग्राहकहरूका लागि ‘नेपालपे कार्ड’ जारी गर्न र उक्त कार्डमार्फत हुने कारोबार स्वीकार गर्न सक्नेछ ।

हालसम्म नेपाल क्लियरिङ हाउस लिमिटेडमा ३४ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रिन्सिपल मेम्बरका रूपमा आबद्ध भइसकेका छन्, जसमध्ये पाँच संस्थाले लाइभ सञ्चालन सुरु गरिसकेका छन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले हालै ‘नेपालपे कार्ड’को व्यावसायिक रोलआउट सुरु गरिसकेको छ । अन्तर्राष्ट्रिय नेटवर्कसँगको सहकार्यमा नेपालपे कार्ड अब विश्वव्यापी रूपमा प्रयोग गर्न सकिनेछ ।

‘नेसनल पेमेन्ट स्विच’अन्तर्गत सञ्चालनमा आएको नेपालपे प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले जारी गर्ने कार्डहरू नेपालभित्र र विदेशमा रहेका एटिएम तथा पिओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ ।

नेसनल कार्ड स्विचलाई विभिन्न कार्ड स्विचहरूबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि केन्द्रीय प्रणालीका रूपमा विकास गरिएको हो । यसले घरेलु कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने तथा डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले देशभर ३१४ शाखा, ७१ विस्तारित काउन्टर, ३३२ एटिएम, दुई हजारभन्दा बढी पिओएस टर्मिनल तथा ९९ शाखारहित बैंकिङ सेवामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस सहकार्यले नेपालको कार्ड भुक्तानी प्रणालीलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु